२६०० शिक्षकका लागि विज्ञापन खुला

काठमाडौँ- शिक्षक सेवा आयोगले विभिन्न विषयका करिब २६ सय शिक्षक माग गरेको छ । आयोगले आज वेबसाइटमा सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना शिक्षक माग गर्दै विज्ञापन खुलाएको हो।

सबैभन्दा धेरै अंग्रेजी विषयमा ६२४ जनाको माग भएको छ । त्यस्तै, नेपाली विषयमा ४३७ जना माग भएको छ भने गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित/विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै आयोगले विज्ञापन खुलाएको छ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि इच्छुकबाट आवेदन माग भएको हो । परीक्षा लिखित र अन्तर्वार्ता हुने आयोगले जनाएको छ ।
परीक्षा आगामी चैत १७ गते बिहान ११ बजेदेखि हुनेछ ।