सिन्धुपाल्चोकको सुनकोशीमा पहिरो, चार घर पुरिए

प्रतिकात्मक तस्वीर

काठमाडौँ – सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा आज बिहान गएको पहिरोले चार घर पुरेको छ । पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ ।

घरमा रहेको अन्नपात पुरेको छ भने हजारौँ रोपनी जमिन क्षति गराएको स्थानीय रेशम बोहोराले जानकारी दिनुभयो । केही दिनदेखि मानिस अन्यत्र बस्दै आएकाले मानवीय क्षति नभए पनि अन्नपात र पशु चौपाया भने पहिरोमा परेको बोहोराले जानकारी दिनुभयो ।

घटनास्थलमा सुरक्षाकर्मीको टोली उद्धारका लागि भर्खरै पुगेकाले क्षतिको विवरण आउन बाँकी छ । पीडितहरुका लागि प्रदेश सरकारले आवश्यक सबै व्यवस्थापन गर्ने घटनास्थल पुग्नुभएका वाग्मती प्रदेशका अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले बताउनुभयो । रासस