विश्वमा कोरोना : २ करोड ५१ लाख बढी संक्रमित

एजेन्सी – विश्वभर साढे दुई करोडभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म २ करोड ५१ लाख ६४ हजार ८१८ जनामा संक्रमण भएको छ ।

संक्रमितमध्ये यो समाचार तयार पार्दासम्म १ करोड ७५ लाख ७ हजार ५१६ जना संक्रमण मुक्त भएका छन् । यस्तै ८ लाख ४६ हजार ७५७ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये ६१ हजार ३७९ जना संक्रमित जटिल अवस्थामा छन । हालसम्म संक्रमितमध्ये १ करोड ७५ लाख बढी संक्रमणबाट मुक्त भएका छन ।