आर्सनलले जित्यो कम्युनिटी शिल्ड फुटबल, लिभरपुल पराजित

एजेन्सी – लिभरपुललाई हराउँदै आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा प्रिमियर लिग बिजेता लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै आर्सनलले उपाधि जितेको हो ।

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउट गएको थियो ।

खेलको १२औं मिनेटमा आबुमियाङको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ७३औं मिनेटमामिनामिनोले गोल गर्दै खेल १(१ को बराबरीमा फर्काएका थिए । त्यसपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।

पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरेका थिए । लिभरपुलका मोहमद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गरे ।

युवा खेलाडी रिहन ब्रेउस्टरको प्रहार क्रस बारमा लागेर फर्किएको थियो ।

योसँगै आर्सनलले १६औं पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो ।