ईग्लिस प्रिमियर लिग : टोटनह्याम र म्यानचेस्टर युनाइटेडले बराबरी खेले

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम र म्यानचेस्टर युनाइटेडको खेल बराबरी भएको छ ।

शुक्रबार राति टोटनह्यामको घरेलु मैदानमा भएको खेल १–१ को बराबरीमा टुंगियो । खेलको २७ औँ मिनेटमा जोसे मोरिन्होले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए पनि जीत निकाल्न सकेनन ।

८१ औँ मिनेटमा पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेसले म्यानचेस्टर युनाइटेडका लागि गोल गरेसँगै खेल बराबरीमा टुंगिएको छ ।

बराबरीपछि म्यानचेस्टर युनाइटेडको ३० खेलबाट ४६ अंक भएको छ भने आठौँ स्थानको टोटनह्यामको ४२ अंक भएको छ ।