तेस्रो कौस्तुभ कपमा नेक्ससद्धारा ग्रिन भिलेज ८–१ गोल अन्तरले पराजित

काठमाडौँ – काठमाडौँमा जारी तेस्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा नेक्सस इन्टरनेशनल एकेडेमीले ग्रीन भिलेज स्कुललाई ८–१ गोल अन्तरले पराजित गरेको छ । कौस्तुभ एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा नेक्ससले ग्रीन भिलेजलाई भारी गोल अन्तरले पराजित गरेको हो । जितसँगै नेक्सस क्वाटरफाइनल प्रवेश गरेको छ ।

प्रतियोगितामा नेक्ससका डिलन लिम्बु म्यान अफ दि म्याच घोषित भए । त्यस्तै अर्को खेलमा सेन्ट्रल सेकेण्डरीले एप्पल इन्टरनेशनल एकेडेमीलाई २–१ ले पराजित ग-यो । प्रतियोगिता अन्तर्गतै भएको अर्को खेलमा लाइसियमले शारदा सकेण्डरीलाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले पराजित ग-यो भने विद्या विकास गोठाटार स्कुलसँग नखेलेपछि गोठाटार सिधै क्वाटरफाइनल प्रवेश ग-यो ।