ग्यालेक्सी पब्लिक स्कुल प्लस टु एस इ ई कप सम्पन्न

काठमाडौँ- यालेक्सी पब्लिक स्कुल प्लस टु ले एस इ ई कप फुटसल प्रतियोगिता सम्पन्न गरेको छ। ग्यालेक्सीले विद्यार्थीको सर्वाङगीण विकासका लागि आयोजना गर्ने विभिन्न कार्यक्रम अन्तर्गत फुटसल टुनामेन्ट गरेको थियो । प्रतियोगितामा विभिन्न २२ कलेज सहभागी भएका थिए । थुुप्रै प्रतिस्पर्धीलाई आफ्नो उत्कृष्ट खेल प्रस्तुत गरे तापनि शान्तिनगर फुटसल टिम प्रथम भई २५००० नगद हात पार्न सफल भयो ।

त्यसैगरी जन प्रभात सेकेन्डरी स्कुल दोस्रो भयो । जनप्रभातले १०००० रूपैयाँ पायो । विजयीलाई मेडल, प्रमाणपत्र साथै ट्रफी प्रदान गरिएको थियो। प्रतियोगिता ग्यालेक्सी पब्लिक स्कुलको आफ्नै खेल मैदानमा विहान ९ बजे बाट वेलुका ५ वजे सम्म सञ्चालन भएको थियो। कार्यक्रमको स्पोन्सर तथा प्रायोजकमा सिङ्गापुर वेभरेज नेपाल, जिरू दि टेस्ट अफ नेपाल, निम्बु पानी त्यसै गरी स्पोन्सरमा मिड भ्याली इन्टरनेसनल कलेज, एरो इन्टरनेसनल एजुकेसन, छबी सर्भिस सप्लायर्स लगायतका संस्था रहेका थिए।

ग्यालेक्सी पब्लिक प्लस टु ले आफ्नो नियमित शैक्षिक कार्यक्रम वाहेक विभिन्न अन्तरकृयात्मक कृयाकलापबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता सहित विभिन्न कार्यक्रम गराउँदै आएको छ । विगत ३५ वर्ष अघि देखि गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउँदै ग्यालेक्सी पब्लिक स्कुलले अतिरिक्त क्रियाकलपा विद्यार्थीको सर्वाङगीण विकासका लागि महत्वपूर्ण हुने भन्दै शैक्षिक गतिविधि सहित अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको छ ।