कोरोनाका कारण ब्राजिलको अवस्था भयावह बन्दै, एकैदिन ५५ हजार जनामा संक्रमण

एजेन्सी – अमेरीकापछि सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको ब्राजिलको अवस्था भयावह बन्दै गएको छ । ब्राजिलमा अहिलेसम्मकै सर्वाधिक संक्रमित फेला परेका छन् ।

दैनिक संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा ५५ हजार २०९ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संख्या ब्राजिलमा एकै दिन संक्रमित हुनेको अहिलेसम्मकै सर्वाधिक हो । योसँगै ब्राजिलमा संक्रमितको संख्या १० लाख ३८ हजार ५६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २२१ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४९ हजार ९० पुगेको छ ।