देशभर ८८४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौँमा १८४

काठमाडौँ – नेपालमा आज थप ८८४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ८८४ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ३७ हजार ३४० पुगेको छ । पछिल्लो २४ घन्टामा ३१३ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २० हजार ५५५ पुगेको छ ।

काठमाडौँमा थपिए १८४ जना
यसैबीच, काठमाडौं उपत्यकामा १८६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंमा १५५, भक्तपुरमा १२ र ललितपुरमा १९ जना नयाँ संक्रमित थपिएको जानकारी दिए ।