कोरोना, इम्युन सिष्टम र साइकोसोम्याटिक डिजिज कसरी गर्ने उपचार ?

कमल बहादुर कटवाल, इन्टरनेशनल वेलनेश कोच

न्युरो लिंग्विस्टिक ट्रेनर को रुपमा कार्यरत छु । लकडाउनका कारण घरमैँ थुनिनु परेपनि मैँले यसलाई प्रयोग गरिरहेको छु । अहिले मानिसहरुमा विभिन्न तनाव, चिन्ता, छटपटीले सताएको छ । मैँले नै डाक्टर नर्स लगायत रुपमा ५ हजारजतिलाई भर्चुअल रुपमा ट्रिटमेन्ट सेसन गरेँ हुँला ।

इम्युन सिष्टम बुष्टिङ

शरीरमा भित्र रहेका सेल्सहरु न्युरो ब्रेनबाट कसरी एक्टिभ गर्ने भन्ने प्रक्रिया हो । विज्ञानले पत्ता नलगाएका, मेडिकल साइन्सले पत्ता नलगाएका रोगहरु पनि ठीक गर्न सकिन्छ । कतिपय रोगहरु जसलाई हामी अनसीन डिजिज भन्छौँ । हाम्रो सब कन्सिसअस माइन्डमा विभिन्न विकारहरु रहन्छन् त्यसलाई हामीले हटाउन गरिने प्रक्रिया हो ।

इम्युन सिष्टम सबै प्रकृतिका रोगमा जोडिन्छ । हाम्रो शरीरमा भाइरस आएपछि त्यसविरुद्ध लडन हाम्रो ब्रेनका ८० देखि १०० बिलियन सम्म सेल्सहरु हुन्छन तिमध्ये टिसेल, बिसेल न्याचुरल सेल । यी सेललाई कमाण्ड गर्ने सेल न्युरो सेल हुन् । त्यो न्युरो सेलमा रिपिटेड एक्शन वा भनौँ कुनै कुरा पटक पटक दोहोरि रहे यही रोगको रुपमा परिणत हुने हुन्छ ।

हाम्रा सेलले फाइट गरेर जब सरण्डर गर्छन तब हामी रोगी हुन्छौँ । त्यसपछि विरामी बनिन्छ । त्यो आक्रमण गर्न नदिने कुरा हो यो । त्यसैले राम्रो सुनौँ, नराम्रो नगरौँ सकारात्मकतामा जोड दिऔँ भनिएको हो । किनकी राम्रोले हाम्रो दिमाग राम्रोमैँ जान्छ । नराम्रोमा नराम्रो प्रोग्रामिङ हुँदै जान्छ । त्यसैले पुर्खाहरुले राम्रा कुरामा मात्र जोड दिएका हुन् ।

साइकोसोम्याटिक डिजिज

साइको भनेको ब्रेनबाट सोम्याटिक भनेको शरीरसम्म अब विभिन्न नकारात्मक विचारहरु ब्रेनबाट शरीरसम्म गयो भने र हाम्रो सेल्ससँग पराजित भएर लक्षण देखियो भने यो साइकोसोम्याटिक डिजिज हुन् । बोल्दा, हेर्दा, सुन्दा हाम्रो ब्रेनमा प्रोग्रामिङ बन्छ । जब नकारात्मककता हावी हुन्छ ।

यसैलाई हामी मनोशारीरिक रोगहरु, साइकोसोम्याटिक डिजिज भन्छौँ । यी ब्रेनबाट आउने रोगहरु हुन् । यी सबै रोगहरु हामीले ट्रिटमेन्ट गर्ने हो । यस्ता कतिपय रोगहरुको औषधी नै हुन्न । ब्रेनबाट आउने रोगहरुको निर्मूलका लागि त तपाईँले ब्रेनका सेल्स एक्टिभ गरेर रोगविरुद्ध लडाउने हो । तपाईँले काँही इमोशनल घटना देख्नुभयो भने शरीर परिवर्तन हुन्छ । नजिकका गलत कुराहरु बढी हेर्दा हाम्रो ब्रेनमा पनि यस्तै धारणा सब कन्सिअस माइन्डमा बन्दै जान्छ ।

जब यो रिपिटेड हुन्छ अब सब कन्सिअस माइन्डले ठीक र बेठीक छुट्याउन छाड्छ । अब तपाईँलाई कोरोना भन्नुहोस् वा अन्य कुनै पनि रोग लाग्नै पर्र्दैन । उसमा विभिन्न रोेगका लक्षणहरु आफैँ देखिन्छन् ।

अमेरीकामा १९५२ मा एक क्यान्सर रोगी विरामीलाई डाक्टरले अब दुई हप्तापछि तपाई बित्दै हुनुहुन्छ भनियो । विरामीले एक पत्रिकामा क्यान्सरको भ्याक्शिन भेटियो भन्ने समाचार पढेपछि उनी डाक्टरकहाँ गए । डाक्टरलाई उक्त भ्याक्शिन लगाइदिन भने डाक्टरले मर्न लागेका हुन ठीकै छ भनेर कुनै भ्याक्शिन लगाइदिए ।

दुई दिनपछि रिपोर्ट आयो उसमा क्यान्सर नै थिएन । १० महिनापछि फेरि समाचार आयो ल क्यान्सरको भ्याक्शिनले काम गर्देन, विरामी ठीक हुँदैनन् । अब त्यही व्यक्ति जसमा हिजो क्यान्सर थिएन भनिएको थियो सुनेको भरमा विरामी हुन थाले । विश्वास टुट्यो । जतिखेर ती मानिसले विश्वास लिए कि मेडिशिन लगाएको छु ठीक थिए । तर जब विश्वास टुट्यो ८ दिनमा मृत्यु भयो ।

त्यसैले बि पोजेटिभ अल द टाइम्स । तर भनेर मात्र हुन्न । रोगै लागिसकेको भए उपचार गर्नुपर्छ । अब सबकसिन्सअस माइन्डमा तपाईँलाई मैँले पोजेटिभ हुने बाटो दिएँ भने पोजेटिभ बन्नुहुन्छ । हामीले कम्प्युटरमा प्रोग्राम फम्र्याट गरेजस्तै दिमागका नकारात्मक कुराहरु हटाउनुपर्छ । यो यसैको प्रक्रिया हो । यो न्युनतम तीन घण्टाको शेसन हुन्छ ।

यसका लागि एक पटक भेटेरै समन्वय गर्नुपर्छ । हालै ५२ जना डाक्टर, प्राध्यापकसँग पनि एक शेसन गरेँ । तीन घण्टाको शेसन भनेर बसेको उहाँहरुले ८ घण्टासम्म लैजानुभयो । सामान्यतया ३ सेशनमा पूरा हुन्छ ।

 

प्रसिद्ध न्युरो लिंग्विस्टिक ट्रेनर एवं ख्यातिप्राप्त मोटिभेशनल स्पिकर कमल कटवालसँग खुल्लापाटी डट कमले गरेको खुल्ला बहसमा कटवालले व्यक्त गर्नुभएको विचारको संक्षिप्त अंश । इन्टरनेशनल वेलनेश कोच एवं एक्लिमाटाइजेशन कोच कटवालका कुराकानीको भिडियो हेर्न यहाँहरुले खुल्लापाटी डट कमको फेसबुक पेज लाइक गरी भिडियो हेर्न सक्नुहुनेछ । खुल्लापाटी डट कमको खुल्ला बहस हरेक दिन आउने गर्छ । कार्यक्रममा सहभागिता र विषयगत एजेण्डा राख्न मन भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

खुल्लापाटी डट कमको खुल्ला बहस प्रसिद्ध न्युरो लिंग्विस्टिक ट्रेनर एवं स्पिकर कमल कटवालसँग

खुल्लापाटी डट कमको खुल्ला बहस अन्तर्गत शुक्रबार नेपालका प्रसिद्ध न्युरो लिंग्विस्टिक ट्रेनर एवं ख्यातिप्राप्त मोटिभेशनल स्पिकर कमल कटवालसँग बहस

Gepostet von Khullapati am Freitag, 15. Mai 2020