थप ३८१ जनाका कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार ३९० पुग्यो

काठमाडौँ – नेपालमा आज थप ३८१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ३८१ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २१ हजार ३९० पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा १३० जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या पनि १५ हजार २६ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।