डिजिटल लर्निङको दिशामा प्रदेश सरकार : प्रदेश एकमा ६०० शिक्षकलाई तालिम (भिडियोसहित)

काठमाडौँ । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश १ सरकारले डिजिटल लर्निङ, ई लर्निङ लगायत अनलाइनका माध्यमबाट शिक्षण थालेको जानकारी दिएका छन् । यसका लागि ६०० जना शिक्षकलाई तालिम थालेको उनले जानकारी दिए ।

खुल्लापाटी डट कमको खुल्ला संवाद कार्यक्रममा सहभागी हुँदै मन्त्री घिमिरेले आफूले प्रदेश १ लाई किताबमुक्त डिजिटल प्रदेश बनाउन थालेको अभियान सार्थक गर्ने समय आएको भन्दै टेलिफोन, अनलाइन, रेडियोमार्फत शिक्षण सिकाइ गर्नेबारे पनि पहल भैरहेको जानकारी दिए ।

उनले भने–‘१४ वटै जिल्लाका ६०० शिक्षकलाई तालिम दिइरहेका छौँ । ई लर्निङमा प्रवेश गर्छौँ । विज्ञहरु राखेर विभिन्न विकल्पमा छलफल भैरहेको छ ।’ उनले स्थानीय आमा समूहसमेतलाई परिचालन गरिएको जानकारी दिए ।

छलफलमा निजी तथा आवासीय विद्यालय अर्गनाइजशन प्याब्सन प्रदेश १ का उपाध्यक्ष नारायण घिमिरेले कम्तीमा पनि २५ प्रतिशत अभिभावकसँग एन्ड्रोइड मोबाइल फोनसमेत नभएकाले मन्त्रालयका योजना कार्यान्वयनमा चुनौतीको चाङ रहेको आशंका गरे ।

उनले भने –‘२५ प्रतिशत अभिभावकसँग इन्ड्रोइट फोनसमेत छैन । तर पनि सरकारले ल्याएका कार्यक्रम कार्यान्वयनमा हामी समन्वय गर्दै अघि बढ्छौँ ।’
मन्त्री घिमिरेले अब लिइएका परीक्षाको नतिजा प्रकाशन गर्न पनि सबै विद्यालयलाई निर्देशन दिए । नतिजा प्रकाशन गरी अघि बढ्न उनले सबैलाई निर्देशन दिए । सबैको परीक्षा नभएको भन्दै उनले भने– ‘९५ प्रतिशत विद्यार्थीको परीक्षा भैसकेको छ । ५ प्रतिशत बाँकी भएकाले आन्तरिक मुल्याङकन र पूर्ववत् परीक्षालाई आधार मानेर बढ्दा हुन्छ ।’

मन्त्री घिमिरे र उपाध्यक्ष घिमिरेसँगका बहस यहाँ हेर्न सकिन्छ ।

प्रदेश एकमा शैक्षिक क्षेत्र : सम्भावना र चुनौतीवक्ताहरु : जीवन घिमिरे सामाजिक विकास मन्त्री नारायण घिमिरे : उपाध्यक्ष, प्याब्सन प्रदेश १

Gepostet von Khullapati am Montag, 27. April 2020