प्याब्सन/एनप्याब्सन, शिक्षक, अभिभावक र शिक्षामन्त्रालयबीच के भयो वार्ता ?

काठमाडौँ – निजी विद्याललयका संगठन प्याब्सन, एनप्याब्सनले विद्यार्थी अभिलेखीकरण, भर्ना लगायतका कार्य तत्काल गर्ने गरी व्यवस्था मिलाउन शिक्षा मन्त्रालयसँग आग्रह गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले साउन १ गतेदेखि भर्ना लिन , अभिलेखिकरण गर्न दिने र अनलाईन कक्षालाई पढाइसरह मान्यता दिने बताएतापति त्यसो हुन नसकेको भन्दै प्याब्सन एन प्याब्सनले सरकारको ध्यानाकर्षण गराउने भन्दै मन्त्रालय पुगेका प्याब्सन, एनप्याब्सनका अधिकारीले सरकारलाई तत्काल अभिलेखीकरणको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

मन्त्रालयसँगको बैठकपछि प्याब्सन वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँले खुल्लापाटीसँग भने– ‘ भौतिक रुपमा विद्यालय खुलाउन हामी सरकारको निर्णयसम्म कुरौँला तर अब हामीले तत्काल विद्यार्थी अभिलेखीकरण, भर्ना, विद्यार्थीलाई किताब दिने लगायतका काम गर्न पाउनुपर्छ । विद्यार्थी विद्यालयको पहुँचमा पुग्ने वातावरण सरकारले बनाउनुपर्छ । ’

जवाफमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले केही दिन कुर्न आग्रह गरेका थिए । ‘केही दिनमा तपाईहरुले उठाएका यी विषय खुल्छ तर भौतिक रुपमा विद्यालय खोल्ने विषय तपाईँहरु र हामीले चाहेर मात्र खुल्दैन ।’ मन्त्री पोखरेलेका भनाई उधृत गर्दै बानियाँले बताए ।

यसबारे थप छलफल गर्ने भन्दै आजको बैठक टुंगिएको थियो । आजको बैठकमा प्याब्सन एनप्याब्सनसहित शिक्षक महासंघ, अभिभावक महासंघ लगायतका संस्थाका प्रतिनिधि पनि सहभागी थिए ।