निजी विद्यालयले स्थगित गरेका अनलाइन कक्षा विहीबारदेखि सञ्चालन गर्ने

काठमाडौँ – निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल, नेशनल प्याब्सनले स्थगित अनलाइन कक्षाहरु साउन ८ गते विहीबारदेखि सञ्चालन गर्ने भएका छन ।

दुवै संगठनसहित आज अभिभावक महासघ, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) सहितको संयुक्त बैठक बसी भोलिदेखि नै अनलाइन कक्षा थाल्ने निर्णय गरेको हो ।

‘अभिभावक महासंघ र इस्टुको तर्फबाट स्थगित गरिएका वैकल्पिक शिक्षण सिकाइका कक्षा पुनः सञ्चालन गर्न अनुरोध गरिएको र अन्य साझा सरोकारका विषय र समस्याहरु समाधानार्थ आवश्यक कार्यविधि तयार पार्न एक कार्यदल गठन गर्ने सहमति भएको र सरकारले भदौ १ गतेदेखि भर्ना खुलाउने निर्णय गरेकोबारे संयुक्त रुपमा निर्णय पुनर्विचारका लागि संयुक्त रुपमा अनुरोध गर्ने निर्णय गर्ने निर्णय भएकाले श्रावण ८ गतेदेखि वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप पुनः सञ्चालन गर्न गराउन सम्पूर्ण विद्यालयलाई जानकारी गराइन्छ ।’ दुवै संगठनको विज्ञप्तिमा उल्लेख छ ।