काठमाडौँमा ३ जनामा कोरोना संक्रमण

काठमाडौँ – काठमाडौं उपत्यकामा आज ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ३ जना काठमाडौंका हुन् । ललितपुर र भक्तपुरमा संक्रमित थपिएका छैनन् ।

काठमाडौँमा थप तीन जनामा संक्रमण पुष्टि भएसँगै अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कूल संख्या ३८३ पुगेको छ । जसमा काठमाडौंमा २५८ जना, ललितपुरमा ७८ र भक्तपुरमा ४७ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा काठमाडौँमा तीन सहित थप १०० जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १८ हजार ९४ पुगेको छ ।