काठमाडौँ उपत्यकामा थपिए २५२ संक्रमित

काठमाडौँ -काठमाडौं उपत्यकामा २ सय ५२ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५, भक्तपुरमा ४ र ललितपुरमा २३ कोरोना संक्रमित थपिएका हुन् ।

उपत्यकामा २ सय ७२ सहित नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७२५ पीसीआर परिक्षण गर्दा थप ५७० कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । जसमा ४० हजार ६८१ सक्रिय संक्रमित पुगेका छन् ।