कोरोनाबाट थप २३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९६० पुग्यो

काठमाडौँ -नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । कोरोनाले थप २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि हिजो संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो । आज २३ कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।