लकडाउन सहज बनाउँदै शैक्षिक क्षेत्र पनि सञ्चालन गर्नुपर्छ

-प्याब्सन सल्लाहकार आशीष श्रेष्ठ

शैक्षिक सत्रको सुरुवातबारे विभिन्न टिकाटिप्पणी भैरहेका छन् । म पनि ६० सालदेखि नै शिक्षा क्षेत्रमा छु । मैँले शैक्षिक क्षेत्रमा माओवादी द्धन्ददेखि, जनआन्दोलन, भूकम्प लगायतका विविध समस्याको सामना गरेको छु । शैक्षिक सत्र सुरुवातताका विगतका अवस्थामा पनि यसरी बन्द त भएकै हुन् ।

हाम्रो २२० दिन विद्यालय सञ्चालन गर्दै शैक्षिक कार्यतालिका समस्याका बेला मिलाएका थियौँ । अहिलेको परिस्थिति भिन्न छ । अहिले पहिले जीवन अनि शिक्षा भन्ने मनोविज्ञानमा धेरै अभिभावक पाएको छु । शैक्षिक सत्र असार साउनदेखि नै सुरु गर्दा के होला भन्ने पनि छ । यसमा आपत्ति छैन तर कोरोना ठ्याक्कै निर्मूल पारेर शैक्षिक क्षेत्र सुरु गर्न भने ढिलो हुनेछ । केही युरोपका मुलुक हेर्दा पनि कोरोना सँगै बाँचौ त्यसैले अब सुरु गर्नुपर्छ ।

मेरो कुरा अरुलाई के भनेको होला भन्ने लाग्ला तर विश्वको उदाहरण हेर्दा अब विस्तारै त्यता पटि लागेर जीवन सहज बनाउन लाग्नुपर्छ । गत वैशाख १८ मा हामीले २६०० नेपालीहरु नेपाल भित्र्यायौँ त्यतिबेलै अहिलेजस्तो ह्वाह्वार्र्ती देखिनुपथ्र्यो नि देखिएन । यस अर्थमा अहिले किन बढ्यो भन्दा राति राति लुकीछिपी आउने बढे ।

उनीहरुले कोरोना ल्याए तर सँधै आँत्तिरहने भए कसरी जीवन चल्छ त ? अब आँत्तिने हतासिने भएर कहाँ हुन्छ ? स्वास्थ्य व्यवस्थापन गर्दै अघि बढ्नुपर्छ । उदाहरण भारतमैँ छ त दिल्लीमै दैनिक संक्रमण बढेपनि उसले ट्रेन चलाएको छ त ।

अनलाइनका विकल्प

अभिभावकसँग हामी निरन्तर पहुँचमा छौँ । सम्पर्क स्थापित गरिरहेका छौँ । कोरोनाले एकाएक आएको समस्यासँगै हामीलाई चुनौती र अवसर दुवै आएको छ । विगतमा एक टेलिफोन, मोबाइल, रेडियो, टिभी हुँदै अनलाइनको अवस्थामा पुगेका छौँ । यो जरुरी छ भन्ने महशुश गरेरै हामीले हाम्रा साँढे १२ सय विद्यार्थीसँग समन्वय गर्ने प्रयास थालियो ।

हामीले पनि पटक पटक कोशिश गर्यौँ । हाम्रो हकमा १० प्रतिशत मात्र अभिभावक मात्र इन्टरनेटको े पहुँचमा रहेको पायौँ । अब सबैलाई समेट्दै कसरी शैक्षिक क्रियाकलाप कायम गर्न सकिन्छ भन्ने लागेर हालै मकवानपुर जिल्लाभरी अनलाइन कक्षा स्थगित गरिएको छ ।

अब यसबारे सबैले छलफल गरेपछि मात्रै निर्णय लिन्छौँ । सबैसँग इन्टरनेट पहुँच पुर्याउन सरकार लाग्नुपर्ने देखियो । हामी तत्कालका लागि एन्ड्रोइट मोबाइल, सकिन्छ ल्यापटप, ट्याबको व्यवस्थापन हुन सके सहज व्यवस्थान हुन सक्छ भन्ने निष्कर्षमा पुगेका छौँ ।

यसकारण सरकार गुहार्नुपर्यो

निजी विद्यालय मात्र होइन सबै क्षेत्रमा समस्या पर्दा हाम्रोमा पनि परेको छ । अभिभावकको शुल्कबाट हामी चल्नुपर्छ । कहिले खुल्ने अन्यौलको अवस्था बढेमा काम गर्ने शिक्षक कर्मचारीको तलब, घरभाडा, बैंकको किस्ता लगायतका समस्या टार्न हामीले सरकार गुहारेका हौँ ।

भर्ना थाल्ने कि बस्ने ?

भर्ना, परीक्षाको बारेमा विविध खाले टीका टिप्पणी भैरहेका छन् । प्रदेश र केन्द्र सरकारबीच पनि पटक पटक विभिन्न विज्ञप्ति जारी भए । तर अहिले केही पनि अनुमान गर्न सक्ने परिस्थिति छैन । प्याब्सनले एक निर्देशन जारी गर्दै जेठ ५ पछि मात्र यसबारे निर्णय गर्ने अहिले रोक्ने भनेकाले अहिले चुप बस्नुपर्ने छ ।

भदौबाट कक्षा सञ्चालन भए वैशाखबाट फि तिर्ने हो अभिभावकले ?

यो विषय अलि पेचिलो छ । भूकम्पको अनुभव हामीसँग छ । त्यसबेला हामीले २५ प्रतिशत मासिक शुल्क छुट दिएका थियौँ । त्यसबेला भूकम्पबाट बढी प्रभावित विद्यालय साउन भदौबाटै खुलेका थिए तर शुल्क भने अगाडिदेखिकै उठाएर शिक्षक कर्मचारीको तलब मिलान गर्ने भन्ने भएको थियो ।

हामीलाई संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिकाले हाम्रो शुल्कको ६० प्रतिशत तलबभत्तामा, १४ प्रतिशत घरभाडा तथा व्याज, ७ प्रतिशत शिक्षण सामग्री व्यवस्थापन, साँढे ९ प्रतिशत छात्रवृत्तिमा र बाँकी बसेको साँढे नौ प्रतिशत मात्रै हाम्रो नाफा हो । त्यही मुनाफाको शुल्क नै छुट दिने हो । यसबारे अझै होमवर्क गर्नुपर्छ । विद्यालयको अवस्था पनि यसमा भरपर्छ । सरकारले शुल्क फिर्ता वा छुटबारे निर्णय सरोकारवालासँग समन्वय नगरी गरेकाले पुनर्विचार गर्नुपर्छ । यो जनतामा राहत दिएर पपुलारिटी खोजेजस्तो देखिन्छ ।

एसइई परीक्षा गर्ने कि नगर्ने ?

एसइई परीक्षाबारे प्याब्सनले एक सुझाव सरकारलाई दिइसकेको छ । अब विद्यार्थी परीक्षा दिन सक्ने भन्दा उनीहरुमा मानसिक त्रास भएका कारण यस पटकका लागि आन्तरिक मुल्याङकनकै आधारमा लागौँ । हिजो पनि हामी क्यास अर्थात कन्टिनिअस एसेसमेन्ट सिष्टमका आधारमा अघि बढ्नु उपर्युक्त हुन्छ । यो यस पटकका लागि मात्र भनिएको हो । तर केही मिडियाले यसलाई अन्य कुराको रुपमा उचालेको पनि पाईयो ।

संस्कृतको विरोध नगरौँ

संस्कृत भाषाबारे सरकारले अहिले गरेको निर्णय निकै जायज छ । हेटौँडामा हामी पहिलो स्कुल हो जसले संस्कृत सुरु गरेको छ । हामीले गतवर्षदेखि नै लगाएका छौँ । यो जरुरी छ ।

निजी तथा आवासीय अर्गनाइजेशन, नेपाल (प्याब्सन)का केन्द्रीय सल्लाहकार श्रेष्ठसँग खुल्लापाटी डट कमले गरेको खुल्ला बहसमा श्रेष्ठले व्यक्त गर्नुभएको विचारको सम्पादित अंश । यहाँहरुले खुल्लापाटी डट कमको फेसबुक पेज लाइक गरी भिडियो पनि हेर्न सक्नुहुनेछ । खुल्लपाटी डट कमको खुल्ला बहस हरेक दिन आउने गर्छ । कार्यक्रममा सहभागिता र विषयगत एजेण्डा राख्न मन भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला

आशीष श्रेष्ठसल्लाहकार – प्याब्सनसञ्चालक – तुल्सीमेयर मेमोरियल उच्च मावि, हेटौँडा

Gepostet von Khullapati am Donnerstag, 14. Mai 2020