क्यानडा र अष्ट्रेलियामा अध्ययन गर्न चाहनेका लागि उपर्युक्त मौका, ओप्युलेन्स् एजुकेशन ग्रुपले जानकारी दिने

काठमाडौँ –ओप्युलेन्स् एजुकेशन ग्रुपले क्यानडा र अष्ट्रेलियामा रहेका विभिन्न क्याम्पसहरूको शैक्षिक प्रणाली र गुणस्तरीय शिक्षाको बारेमा जानकारी गराउने भएको छ । यस गु्रपले नेपालभरका शैक्षिक परामर्श व्यवसायीहरूलाई जानकारी मुलक कार्यक्रमको आयोजना गरी जानकारी दिन लागेको हो ।

आज आइतबार साँझ होटल याक एण्ड यतिमा आयोजना गर्न लागीएको कार्यक्रममा ओप्युलेन्स् एजुकेशन ग्रुपका को(फाउन्डर पुनीत खन्नाले पाँचवटा क्यानडामा अवस्थित कलेजहरू र तीनओटा अष्ट्रेलियामा कलेज स्थापना गरी विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक कार्यक्रमहरु उपलब्ध गराइरहेको जानकारी गराउनु हुने भएको छ। ओप्युलेन्स् एजुकेशन ग्रुपका अर्का को-फाउन्डर शुशिल शेठले क्यानाडाका प्रसिद्ध सहरहरूमा रहेको अवसर र अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई लक्षित कार्यक्रम हरूको बारेमा शैक्षिक परामर्श व्यवसायीहरूलाई जानकारी गराउनु हुने भएको छ ।

सन् २०१७ मा स्थापित ओप्युलेन्स् एजुकेशन ग्रुपसँग हाल सम्ममा क्यानाडाका एभीलोन कलेज, एकेडेमी अफ लर्निङ, प्रोफेशनल इन्स्टिच्युट अफ मसाज थेरापी ग्यानभील कलेज त्यस्तै अष्ट्रेलियामा अष्ट्रेलियन इन्टिच्युट अफ टेक्नोलोजी एण्ड कमर्स, यारा कलेज र इलाइट एजुकेशन इन्टिच्युट संचालनमा ल्याएको छ।