अनिश्चितकालिन विद्यालय बन्दको घोषणा, संघीय शिक्षा ऐन संशोधन गर्न माग

काठमाडौँ– निजी विद्यालय सञ्चालकहरुले संघीय शिक्षा ऐन संशोधन नभए भदौदेखि अनिश्चितकालिन विद्यालय बन्दको घोषणा गरेका छन । यसबारे जानकारी दिन काठमाडौंमा आज संयुक्त पत्रकार सम्मेलन गर्दै प्याब्सन, एनप्याब्सन, हिसान लगायतका संघ संगठनले विद्यालय शिक्षा विधेयकमा सरकराले विद्यालयहरुलाई शैक्षिक गुठीमा लैजाने बारे एकतर्फी निर्णय गरेकोले आन्दोलन गर्न बाध्य भएको जानकारी दिए ।

विधेयकमा राखिएका कतिपय प्रावधानहरु निजी लगानीका संस्थागत विद्यालयहरु प्रति पूर्वाग्रही, संविधान र कानून सम्मतसमेत नभएकाले आन्दोलनमा उत्रिनुपरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विधेयकले ५ वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फर–फारक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्ने व्यवस्था गरेपछि निजी विद्यालय सञ्चालकहरु आक्रोशित छन ।

 

Pabson-press-bigyapti-final-2080