काठमाडौँ –राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)को केन्द्रीय कार्यसमिति बैठकले पनि संघिय शिक्षा ऐनमा संशोधन नभए विद्यालय ठप्प पार्ने चेतावनी दिएको छ ।
ऐनका मस्यौदाहरूमा रहेका विवादास्पद प्रावधानहरू संशोधन नगरे देशभरकै विद्यालयहरू बन्द गर्ने चेतावनी नेशनल प्याब्सनले दिएको हो । बैठकले शिक्षा ऐनका मस्यौदाका विवादास्पद प्रावधान सरकारले नसच्याए देशभरका विद्यालय बन्द गरी सरकारलाई ताला चाबी बुझाउने निर्णय गरेको हो । यसका लािग नेशनल प्याब्सनको संघर्ष समितिको बैठक बसेको हो ।