शैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८ औँ महानिरीक्षक

काठमाडौँ – नेपाल प्रहरीको २८ औं महानिरीक्षक (आईजी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन् ।

मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले थापा क्षेत्रीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो ।

थापा २०४९ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट सेवा प्रवेश गरेका थिए । प्रहरी नायव उपरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षक बढुवा हुँदा कार्यसम्पादन मूल्याङ्कनका आधारमा १ नम्बरमा रहेका थापालाई वरिष्ठताकै आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गरिएको हो ।

हालका आईजीपी ठाकुर ज्ञवाली ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अनिवार्य अवकाश पाउनेछन् ।