-वरिष्ठ क्याप्टेन विजय लामा ।
आज भन्दा ५/६ बर्ष अघि टर्किश एर्लाइन्सको जहाज रन्वे मा चिप्लिएर दुर्घटना भइ ५ दिन सम्म निकाल्न नसक्दा धावनमार्ग बन्द भएको कारण देश र जनताले भोग्नु परेको अवस्था बारे टिप्पणी गरि लेखेको थिएँ कि “अब पनि हामी सबै (नेपाल सरकार सहित) कुनै पनि भवितब्यलाई या दैबिक प्रकोप सामना गर्न सक्ने पूर्वाधारहरु तयार पारेनौ भने हामीले दु:ख पाउने छौ” त्यति लेख्दासमेत आखिर कसैको ध्यान गएन ।
लगतै केही महिना पश्चाद् महा-भुकम्पले बिनाश नै ल्यायो र हजारौँले ज्यान गुमाए भने लाखौ घरबार बिहिन अनि बिस्थापित भए ।
ज्यान गुमाउनेहरु घर धुरिले किचेर भन्दा धेरै भागाभाग गर्दा भएका घाइतेहरु थिए सहि समयमा उपचार नपाएको कारण। त्यस समय पनि नेपाली जनता नै आफ्नो स्वार्थ भन्दा माथी उठेर पीडितहरुलाइ सहयोग गर्न उत्रिएका थिए।
नेपाल एउटा सिङगो नेपाल बनेको थियो जहाँ न जातको कुरा, या राजानिती दल या धर्म या लिङ्ग भेदभाव या धनी गरिब कै कुरा हुन्थ्यो! केवल नेपाली भएर बाचेका थियौ। त्यो हारमा पनि हामी नेपालीको जित थियो!!
तर त्यो जित धेरै दिन महसुस गर्न पाएनौ । त्यो त “घाटे बैरागी” मात्र पो रहेछ । हामी त त्यही पुरानै नेपाली पो रहेछौ जहाँ नकारात्मक अनि झुटको खेती गर्न सिपालु अनि यतिका बर्ष बितिसक्दा पनि कुनै पनि दूर दृस्ठि नराखी काम गरेका रहेछौ पुर्ब तयारी बिना! स्वार्थी पनि।
अहिले यो कोरोना रोगले छर्लङ पारि दिएको छ हाम्रो असली रूप । यो सरकारको मात्र दोष होइन, दोष त सबै नेताहरु र राजनीति दलहरुले लिन सक्नु पर्छ। हामी जनताले त उनीहरुलाई विश्वास गरेर नै मत दान गरेका थियौ । यहि सोचमा कि नेपाल र नेपालीको भविष्य राम्रो बनाउछन भनेर, प्रजातान्त्रिक मान्य मुल्यलाइ सधै बचाएर राख्छन भनेर र मानव अधिकार कहिले हनन गर्दैनन भनेर!!! तर खोइ त?
ती मतदाताहरुले आज देश बिदेशमा यो कोरोना महामारीको कारण जिउदो लास सरह बाच्नु परिरहेको बेला के गरेका छौँ हामी सबैले गफ बाहेक?? केही संस्था र ब्यक्तिहरुले मात्र गरेर पुग्छ? सधै सरकारले यो गरेन त्यो गरेन भनेर मात्र पुग्छ? हाम्रो सामाजिक दायित्व छैन? हामी जनता पनि दोषी छौ सधै अर्काको भर मात्र पर्न खोज्ने ।
हामिलाइ आफ्नो स्वार्थ भन्दा माथी उठ्नु पर्छ देश र हाम्रो नेपाली दाजु भाइ दिदी बहिनिहरुको लागि भन्ने चिन्ता कदापि देखिएन । केवल फलानोले यस्तो गरेन उस्तो गरेन भन्दै आफुहरु चाहिँ शिन्को नभाच्ने? कस्तो संस्कार हो यो? नेपाली संस्कार त अबस्य होइन होला । हाम्रा पुर्खजहरुले त यस्तो सिकाएको कतै छ ?
यो संकटको घडिमा मिलेर काम गर्न सकिन्न? कि नगर्ने प्रण गरेका छौ? राष्ट्र, राष्ट्रियता र जनताको को हितको विषयमा पनि एक हुन सकिन्न? कि सधै दोष मात्र दिइ रहने ?