कोरोना संक्रमित बढेको भन्दै विश्वविद्यालयले गर्यो परीक्षा स्थगित

काठमाडौँ – कोरोना संक्रमण र लकडाउनका कारण रोकिएका परीक्षाहरु स्वास्थ्य निर्देशिका पालना गर्दै सञ्चालन गर्ने निर्णय गरेको पूर्वाञ्चल विश्वविद्यालयले कोरोना संक्रमण बढ्न थालेको भन्दै परीक्षा स्थगित गरेको छ ।

भदौ पहिलो साताबाट परीक्षा गराउने निर्णय गरेपनि कोरोना संक्रमण फैलिन थालेको भन्दै परीक्षा फेरि स्थगित गर्ने निर्णय विश्वविद्यालयले गरेको हो ।

विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘पछिल्ला केही दिनमा कोरोना सङ्क्रमणको कारणले कतिपय जिल्लाहरुमा नेपाल सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा यी सबै कुराहरुलाई मध्यनजर गर्दै अवस्था सामान्य भएपछि मात्र परीक्षाका तालिकाहरु प्रकाशित गरिने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’