त्रिविको परीक्षा मिति सार्वजनिक

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको परीक्षा गर्ने मिति सार्वजनि गरेको छ । त्रिविको शिक्षाशास्त्र संकायले परीक्षा भदौ चौथो हप्तादेखि असोज चौँथो हप्तामा गरिसक्ने भएको छ ।

त्रिविको योको सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तह (नियमित तथा आंशिक) सत्रान्त परीक्षाको मिति हो । उक्त संकायको डीन कार्यालयको सूचना अनुसार स्नातक तहको खुल्ला तथा दूर सिकाई अन्तर्गत २ सेमेष्टरको विज्ञान शिक्षा प्रथम र छैटौं सेमेस्टरको भाद्र चौँथो हप्ता हप्ता र (खुल्ला तथा दूर सिकाई अन्तर्गत २ सेमेष्टरको सामाजिक अध्ययन शिक्षा) को पनि सोही हप्ता सञ्चालन गर्ने भएको छ ।

त्यस्तै स्नातक तहकै आठौं सेमेस्टरको असोज तेस्रो हप्ता सञ्चालन गर्ने भएको छ । भने स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको क्रमशः असोज पहिलो र चौथो हप्ता सञ्चालन गर्ने भएको छ ।