विश्वमा कोरोना : ७३ लाख बढी संक्रमित, ४ लाख १३ हजारबढीको मृत्यु

काठमाडौँ – ५ महिनाभन्दा विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर ७३ लाख १६ हजार ९४४ जना प्रभावित भएका छन् । भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ४ लाख १३ हजार ६२७ को मृत्यु भैसकेको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा संक्रमण फैलिएको छ ।

३३ लाख बढीको उपचार भइरहेकोमा ५४ हजार २२ जनाको अवस्था गम्भीर छ । ३६ लाख २ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।