के होला कुलमानको नियुक्ति ? प्रचण्ड एकातिर प्रधानमन्त्री र ऊर्जामन्त्री अर्कोतिर

काठमाडौँ – पछिल्ला दिनमा सामाजिक सञ्जालमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्त गरिनुपर्छ भनेर सामाजिक सञ्जालमा दबाब बढिरहेको छ । कतिपयले कुलमानको समर्थनमा विभिन्न किसिमले प्रचार गरिरहेका छन । यसमा धेरैले ठोस समर्थन पनि गरिरहेका छन ।

कतिसम्म भने गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पुनः नियुक्त गरेकोसमेत समाचार सार्वजनिक भयो । यद्यपि ऊर्जामन्त्रीले नै खण्डन गरेपछि उक्त समाचार असत्य सावित भयो । त्यसो त घिसिङको पदावधि यही भदौ २९ गते सकिँदैछ । दोस्रो कार्यकालका लागि कुलमान नियुक्त हुनुपर्छ भन्नेमा देशभर विभिन्न टिकाटिप्पणी भैरहँदा सरकार भने घिसिङसँग असन्तुष्ट रहेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नै घिसिङसँग असन्तुष्ट बनेका छन् । यति मात्र होइन विभागीय मन्त्री उर्जामन्त्री वर्षमान पुनपनि कुलमानसँग खासै सन्तुष्ट नभएको बुझिएको छ । उनको पछिल्लो कार्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुन दुवै असन्तुष्ट भएकाले पुनः कार्यकारी निर्देशकमा नियुक्ति नपाउने भएका हुन् ।

स्रोतका अनुसार घिसिङ काम भन्दा बढी हल्लामा रमाउन थालेको भन्दै प्रधानमन्त्री ओली र ऊर्जामन्त्री पुन दुवै असन्तुष्ट भएका छन् । पछिल्लो समय घिसिङले सामाजिक सञ्जालमार्फत् आफ्नो पुनः नियुक्तिका लागि दबाब बढाउने गरी रणनीतिका साथ अभियान चालेको रिपोर्ट समेत बालुवाटारमा पुगेको छ । यद्यपि घिसिङले यसबारेमा स्पष्टीकरण दिईसकेका छन् । उनले कसैले फेक अकाउन्टमार्फ गलत प्रचार गरिरहेको भन्दै सचेत हुन आग्रह गरेका छन् ।

घिसिङकै कारण नेपालमा लोडसेडिङ अन्त्य भएको थियो । खाशगरी उनको व्यवस्थापकीय क्षमताकै कारण र उनको निरन्तरको लगावका कारण नेपाल लोढसेढिङ मुक्त बन्यो । त्यसैले पनि आमसर्वसाधारण कुलमानको पक्षमा उभिएका हुन ।

के होला नियुक्ति ?

भदौ २९ गते कार्यकाल सकिन लागेका कुलमानको नियुक्ति के हुने भन्नेबारे अन्यौल छाएको छ । खाशगरी प्रधानमन्त्री निकटस्थहरु कुलमान दोहोर्याउन नहुने पक्षमा खुलेरै लागेका छन ।

प्रधानमन्त्रीका अघिल्लो कार्यकालका प्रेस सल्लाहकार प्रमोद दाहालको फेसबुक स्ट्याटस

तर तत्कालीन उर्जामन्त्री जनार्दन शर्माको पालामा कार्यकारी प्रमुख बनेका कुलमानलाई नेकपा अर्का अध्यक्ष प्रचण्डले भने साथ दिएका छन ।

कुलमान प्रचण्ड प्रधानमन्त्री भएकै बेला नियुक्त भएका थिए । प्रचण्डले राईट म्यान ईन राईट पोष्टका हिसाबले पनि कुलमान प्राधिकरणको कार्यकारी प्रमुखमा रहनुपर्ने बताएको बुझिएको छ ।