त्रिविले भन्यो : परीक्षा रोकिन्न

हाल सञ्चालन भइरहेको र समय तोकिएका परीक्षाहरु नरोकिने त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जनाएको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले फेरि निषेधाज्ञा गर्ने र परीक्षाहरु पनि रोकिने प्रचार भइरहेको बेला त्रिभुवन विश्वविद्यालयले भने अब निर्वाद रुपमा परीक्षा सञ्चालन हुने त्रिभुवन विश्व विद्यालयका परीक्षा नियन्त्रक पुष्प राज जोशीले बताए ।

‘सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा त्रिविले परीक्षा रोक्ने भन्ने प्रचार भइरहेको छ त्यो भ्रामक हो’ उनले खबरहबसँग भने, ‘यसले विद्यार्थीलाई मासिक तनाव पनि सिर्जना हुन्छ, अहिले सञ्चालन भइरहेका र समय तोकिएका परीक्षा रोक्ने रोजनामा त्रिवि छैन’ ।

उनले सम्पूर्ण विद्यार्थीहरुलाई त्यस्ता खालका दुष्प्रचारबाट भ्रमित नहुन र परीक्षाको तयारीमा लाग्न पनि आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका स्नातक तह प्रथम वर्षका परीक्षा भइरहेको छ । त्यस्तै आगामी बुधवार अर्थात् साउन २० गतेदेखि पनि स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरु तोकिएका छन् ।