थप ९ जनाको मृत्यु, १०४१ जनामा संक्रमण

काठमाडौँ – नेपालमा आज थप १०४१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १०४१ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या ४५ हजार २७७ पुगेको जानकारी दिए । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५६६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ ।

थप ९ जनाको मृत्यु

यसैबीच, नेपालमा शुक्रबार थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज ३ महिला र ६ पुरुषको निधन भएको छ । निधन हुने महिलाहरुमा मोरङकी ४३ वर्षीय , मकवानपुरकी ५२ वर्षीय  र नवलपरासीकी ३७ वर्षीय महिला रहेका छन् ।

त्यस्तै निधन हुने पुरुषहरुमा पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय, काठमाडौँका ४१, ५९ र ६५ वर्षीय र रुपन्देहीका ४० वर्षीय पुरुषको निधन भएको छ ।

यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २८० पुगेको छ ।