एम्बाप्पेले च्याम्पियन्स लिग खेल्न नसक्ने

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एम्बाप्पेले च्याम्पियन्स लिगका खेल खेल्न नसक्ने भएका छन् । खुट्टाको चोट कारण एम्बाप्पेले आगामी अगष्ट १२ मा च्याम्पियन्स लिग अन्तर्गतको क्वाटरफाइनल खेल गुमाउने भएका हुन् ।

पीएसजीको च्याम्पियन्स लिगको क्वाटरफाइलनमा अगष्ट १२ मा एटलान्टासँग खेल हुदैछ । २१ वर्षीय एम्बाप्पेले फ्रेन्च कपको फाइनल खेल दौरान चोट बोकेका थिए । उनलाई सेन्ट इटिनेका डिफेन्डर लोइक पेरिनले खराब ट्याकल गरेका थिए ।

विपक्षी टिमको डिफेन्डरको खराब ट्याकलको कारण उनले पहिलो हाफमै मैदान छाडेका थिए । एम्बाप्पेको चोट निको हुन कम्तिमा ३ साता लाग्ने बताईएको छ ।