स्पेनिश ला लिगा : रियल शीर्ष स्थानमा उक्लियो

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिन सफल भएको छ । शीर्ष स्थानमा उक्लिन म्याड्रिडले मालोर्कालाई २–० ले हरायो । रियललाई जिताउन भिनिसियस जुनियर र सर्जियो रामोसले एक–एक गोल गरेका थिए ।

यो जीतसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । रियलले ६८ अंक जोडेको छ । बार्सिलोनासँग पनि ६८ अंक नै छ । रियल म्याड्रिड ‘हेड टु हेड’ का आधारमा शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।