कोरोनाका कारण थप एकको मृत्यु

कास्की – नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार गराई रहेका स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राति मृत्यु भएको छ ।

प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यका अनुसार उनी गत असार ८ गते अस्पतालमा भर्ना भएका थिए । सघन कक्षमा राखेर उनको उपचार भइरहेको थियो।

ती पुरुषमा मधुमेह र निमोनियाको पनि समस्या रहेको समेत अस्पतालले जनाएको छ।