लिभरपुलले आर्सनललाई ३–१ ले हरायो

काठमाडौँ – इङलिश प्रिमियर लिगअन्तर्गतको खेलमा लिभरपुलले लगातार तेस्रो जीत हासिल गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जीत दिलाउन साडियो माने आन्ड्रीयू रोबेर्टसन र डिओगो जोटाले एक एक गोल गरेका थिए । वोल्भरहम्पटनबाट लिभरपुल आएका पोर्चुगिज विंगर जोटाले लिभरपुलका लागि डेभ्यु खेलमा नै गोल गरेका छन् ।

त्यस्तै आर्सनलका लागि अलेक्जेन्डर लकाजेटेले एक गोल गरे । यो जीतपछि लिभरपुलले यस सिजनका तीनै खेल जितेर ९ अंक हासिल गर्दै लिगको दोस्रो स्थानमा रहेको छ ।

आर्सनलले यसअघि लगातार दुई खेलमा जीत हासिल गरे पनि गएराति भने हार बेहोर्‍यो ।

अब शुक्रबार राति इएफएल कपको अन्तिम १६ को खेलमा लिभरपुल र आर्सनल फेरि भिड्ने आमनेसामने हुनेछन् ।