नेक्सस संकटा कप फुटबल : लोयल्टी र बेस्ट ग्रुप भिजन सेमिफाइनल प्रवेश

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमी र संकटा युथ क्लबको संयुक्त आयोजनामा राजधानीमा जारी पाँचौं नेक्सस–संकटा कप फुटबल प्रतियोगितामा लोयल्टी एकेडेमी र बेस्ट ग्रुप भिजन सेमिफाइनल प्रवेश गरेका छन ।

आज भएको क्वाटर फाइनलमा लोयल्टीले अर्किड प्युपललाई ७–० ले पराजित ग-यो ।

त्यस्तै अर्को खेलमा श्री सञ्जय साई विद्या मन्दिरलाई बेस्ट ग्रुप भिजनले २–१ गोल अन्तरले पराजित ग-यो ।