ईंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको सहज जित

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३–० गोल अन्तरको सहज जित हात पारेको हो ।ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियलले ह्याट्रिक गरे ।

सेफिल्डविरुद्ध सातौं मिनेटमा मार्सियलले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा युनाइटेड २-० ले अघि रह्यो । खेलको ७४ औं मिनेटमा मार्सियलले गोल गर्दै ह्याट्रिक पूरा गरे ।

सेफिल्डमाथिको सहज जितसँगै युनाइटेडले ३१ खेलमा ४९ अंक जोडेको छ । युनाइटेड लिगको पाँचौं स्थानमा रहेको छ ।