इटालियन सिरी एमा रोनाल्डोको किर्तिमान

एजेन्सी – क्रिस्टियानो रोनाल्डो सबै भन्दा छिटो ५० गोल पूरा गर्ने सिरि एको यस शताब्दीकै पहिलो खेलाडी बनेका छन । उनले ६१ खेलमा सो उपलब्धि हासिल गरेका हुन् ।

क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनका कारण इटालियन सिरि ए फुटबलमा युभेन्ट्सले सोमबार सहज जीत निकाल्यो । सोमबार राति घरेलु मैदानमा युभेन्ट्सले लाजियोलाई २–१ गोल अन्तरले हरायो । युभेन्ट्सको जीतमा दुबै गोल रोनाल्डोले गरे ।

यो सँगै रोनाल्डो सिरि ए, ला लिगा र प्रिमियर लिगमा ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।