लिभरपुलको लज्जास्पद हार

एजेन्सी – ईग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत यस सिजनको उपाधि विजेता लिभरपुलले म्यानचेस्टर सिटीसँग लज्जास्पद हार व्होरेको छ । ईतिहाद स्टेडियममा गएरात भएको खेलमा म्यानचेस्टरले साविक विजेता सिटीले लिभरपुललाई ४–० ले हरायो ।

सिटीको जीतमा केभिन डी ब्रुईनी, रहिम स्टर्लिङ, फिल फोडिनले एक एक गोल गरे । सिटीले एक आत्मघाती उपहार पाएको थियो ।

गत साता चेल्सीले म्यान्चेष्टर सिटीलाई हराएपछि उपाधि जितेको लिभरपुलको यो हार सिजनकै सबैभन्दा लज्जास्पद हो ।

जीतसँगै दोस्रो स्थानको सिटीले ६६ अंक बनाएको छ ।