पहिलो एकदिवसीय क्रिकेटमा भारत ६६ रनले पराजित

काठमाडौँ- भारत अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा ६६ रनले पराजित भएको छ । अस्ट्रेलियाले दिएको ३ सय ७५ रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ८ रनमा समेटियो ।

भारतका लागि हार्दिक पाण्डेयाले ९० र शिखर धवनले ७४ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका लागि एडम जम्पाले चार, जोश हेजलवूडले तीन र मिचेल स्टार्कले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै तीन सय ७४ रन बनायो । उसका लागि एरोन फिन्च र स्टेभेन स्मिथले शतकीय पारी खेले ।

बलिङतर्फ भारतका लागि मोहम्मद शामीले तीन विकेट लिँदा जसप्रित बुमराह, नवदीप सैनी र युजविन्द्र चाहलले एक–एक विकेट लिए ।

जितसँगै तीन खेलको शृङ्खलामा अस्ट्रेलिया एक–शून्यले अघि भएको छ ।