अमर सहिद फुटबल प्रतियोगिता नेक्ससको शानदार सुरुवात

काठमाडौँ – अमर शहिद फुटबल प्रतियोगितामा पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले शानदार सुरुवात गरेको छ । नेक्ससले आयोजक अमर सहिद स्कुललाई र अक्षरा स्कुललाई पराजित गरेको छ । आयोजक अमर स्कुललाई २–० गोलले पराजित गरेको हो ।

त्यस्तै नेक्ससले अक्षरा स्कुललाई १०–० गोल अन्तरले पराजित गरेको छ । नेक्ससले लगातार गोल वर्षाउँदा अक्षरा स्कुलले कुनै पनि गोल गर्न नसकेपछि अक्षराका खेलाडि नेक्ससका अगाडि निरीह सावित भएका थिए ।

नेक्ससले यसअघि पनि विभिन्न प्रतियोगितामा लगातार जित हासिल गर्दै आएको छ ।