लोयल्टी कप सोमबारदेखि सुरु हुँदै

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठ मण्डिखाटारस्थित लोयल्टी एकेडेमीको आयोजनामा ११ औँ अन्तर विद्यालय जुनियर छात्र लोयल्टी कप सोमबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा आयोजक लोयल्टीका २ टिमसहित १२ टिम सहभागी हुँदैछन् । लिगकम नकआउट चरणमा प्रतियोगिता हुने लोयल्टीका प्राचार्य वीरेन्द्र कुरुम्बाङले खुल्लापाटीलाई जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी टिमलाई चार समुहमा विभाजन गरिएको छ । १२ वर्ष मुनिका खेलाडि सहभागी हुन पाउने प्रतियोगिता आयोजक लोयल्टीको आफ्नै खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा समूह एमा लोयल्टी, त्रिज्योति र ज्ञानोदय छन् । समुह बीमा लोयल्टीको अर्को टिम नेक्सस र विद्या संस्कार छन । त्यस्तै पोल सिमा रिलायन्स, काठमाडौँ भ्याली र लिटिल एन्जेल्स छ भने समुह डी मा चाँदबाग, काष्ठमण्डप र टाइमलाइन स्कुल छन ।