एडु माइग्रेसन र कोन्टेबीच समन्वय हुने

काठमाडौँ -एडु माइग्रेसन उद्योगका लागि आईटी समाधान प्रदान गर्ने अष्ट्रेलियाको कम्पनी कोन्जे इन्टरप्राइज प्रा. लि. ले कन्जे र यसका नयाँ सेवाहरु सुरु गर्ने उद्देश्यले २४ फेब्रुअरी २०२३ मा काठमाडौंको ह्यात होटलमा प्रोड्क लंच कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा कोन्जे इन्टरप्राइज प्रालिका प्रमुख कार्यकारी अधिकृत पलक शाहले कम्पनीको उत्पादनहरु, यसका मुख्य फाइदाहरु र नेपालमा शिक्षा र आप्रवासन उद्योगका लागि लागत प्रभावकारी समाधानहरु उपलब्ध गराउने कम्पनीको प्रतिबद्धताका साथसाथै उनीहरुको क्षमता बारे जानकारी गराउनु भयो ।

त्यसैगरी, क्रार्यक्रममा सेवा ग्राहीहरुलाई सबैभन्दा राम्रो गुणस्तर उत्पादन र सेवाहरु प्रदान गर्न , कोन्जे इन्टरप्राइजका सी वी ओ, श्री मौलिक चौधरीबाट कोन्जेले प्रदान गर्ने गुणस्तरीय सेवाबाट उद्योगमा फरक पार्ने कम्पनी र यसका विचारहरु बारे प्रष्ट पार्नुको साथै कम्पनीले आफ्ना योजनाहरु र कोन्जेले कसरी एडु माइग्रेसन व्यवसायलाई बढ्न र यसको समग्र उत्पादकत्व बढाउन मद्दत गर्न सक्छ भन्नेबारे वर्णन गर्नेु भएको थियो। आरम्भित कार्यक्रममा नेपालका विभिन्न एजुकेशन माइग्रेसन एजेन्सीहरुका २५० भन्दा बढी प्रतिनिधिहरु सहभागी थिए।

सहभागी प्रतिनिधिहरुलाई कम्पनीको योजना र उद्देश्यका साथै बजार सञ्जाल सिर्जना र विस्तार गर्ने बारे जानकारी गराईएको थियो । अष्ट्रेलियाली राजदूतावास र नेपालका विशिष्ट व्यक्तिहरु पनि कार्यक्रममा उपस्थित थिए जस्मा शिक्षा प्रतिनिधि, एजेन्सीहरु र समग्र शिक्षा आप्रवासन उद्योगमा सकारात्मक प्रभाव पार्न विश्वास कोन्जे राखेको आयोजकले जानकारी गराउनु भएको थियो।

यो कार्यक्रम कोन्जे इन्टरप्राइज प्रा लि कोे उत्पादन दायराहरु सुरु गरेर पहिचान गर्ने, जसमा KONDESK, KONPARE, KONCHECK, SearchMyANZSCO, KONSALZ र अन्य दायरा र सेवाहरु समावेश थिए कम्पनीले निकट भविष्यमा आफ्ना सेवा र उत्पादनहरु विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको थियो ।

कार्यक्रमलाई अष्टेलियाका विभिन्न प्रमुख विदेशी विद्यार्थी स्वास्थ्य कभर प्रदायकहरु संस्थाहरु AHM, BUPA, MEDIBANK / ALLIANZ CARE द्वारा समर्थित तथा उत्पादन प्रक्षेपण कार्यक्रमNib सँगको सहकार्यमा सम्पन्न भएको हो।