भारतमा कोरोना संक्रमित लगातार बढ्दै, एकैदिन ३६ हजार बढीमा संक्रमण पुष्टि

काठमाडौँ – कोरोना संक्रमण लगातार वृद्धिमा विश्वकै तेस्रो र एशियामा पहिलो देश बनेको भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३६ हजार ८१० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ला तीनमा मात्रै भारतमा १ लाख १४ हजार ४६० जना संक्रमित भएका छन् ।

भारतमा यो समाचार तयार पार्दासम्म ११ लाख ५४ हजार ९१७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये अहिलेसम्म ७ लाख २४ हजार ७०२ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख ‍२ हजार ११६ जनाको उपचार भइरहेको छ ।