विश्वभर ९५ लाख पुगे कोरोना संक्रमित, भारतमा एकैदिन १६ हजार जनामा संक्रमण

एजेन्सी- विश्वभर कोरोना कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९५ लाख २६ हजार ३८२ पुगेको छ ।

हालसम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर चार लाख ४८ हजार ९६५ जनाको ज्यान गइसकेको छ । अहिले सम्म विश्वमा ५१ लाख ७५ हजार २४० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ ।

विश्वकै चौथो संक्रमित भारतमा एकैदिन थपिए १६ हजार बढी संक्रमित

यसैबीच, भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारत विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ८७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ९८५ पुगेको छ ।

बिहीबार विहान समाचार तयार पार्दासम्म भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४ हजार ९ सय नाघेको छ । यसैगरी २ लाख ७१ हजार ६८८ जना संक्रमित भने निको भएका छन् ।

संक्रमित १ लाख ८६ हजार ३९० जना उपचाररत रहेको जनाइएको छ ।