काठमाडौँ उपत्यकाकासहित हालसम्मकै धेरैमा कोरोना संक्रमण भेटियो

काठमाडौँ – नेपालमा सोमबार थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँ, ललितपुरका सहित देशभर ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका ९ जना पुरुष र काठमाडौंका एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरको एकजना महिला र काठमाडौंका दुई जना महिलामा संक्रमण पुष्टि भएको छ । कोरोनाबाट देशभर संक्रमण पुष्टि भएका व्यक्तिको संख्या ६ हजार २११ पुगेको डा. गौतमले जानकारी दिए। जसमध्ये ४७१ महिला र ५७४० पुरुष रहेका छन् ।

डा. गौतमका अनुसार नयाँ थपिएका संक्रमितहरु मध्ये ४१६ जना पुरुष र ३५ जना महिला रहेका छन् ।