थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमित १० हजार ७२८ पुगे

काठमाडौँ – नेपालमा बुधबार थप ६२९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘पत्रकार सम्मेलन’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ६२९ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिए।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १० हजार ७२८ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या दुई हजार ३३८ पुगेको छ । पछिल्लो २४ घन्टामा ११४ जना कोरोना जितेर ‘डिस्चार्ज’ भएका छन्।

अहिलेसम्म रसुवा बाहेकका ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ ।