त्रिविले भन्यो : श्रावण २३ गतेसम्म परीक्षा फारम भरिसक्नू

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले साउन २३ गतेभित्र फारम भरिसक्न अति जरुरी सूचना सार्वजनिक गरेको छ ।

शिक्षा शास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा बल्खुले शिक्षा शास्त्र संकाय अन्तर्गतको खुला तथा दूर सिकाई अन्तर्गत २ सेमेस्टरको स्नातकोत्तर तह (विज्ञान शिक्षा) तथा स्नातक तह (सामाजिक अध्ययन शिक्षा) प्रथम सेमेस्टरको २०७७ सालमा सञ्चालन हुने परीक्षामा सम्मिलित हुन चाहने विद्यार्थीका लागि परीक्षा फारम खुला गरेको हो ।

सूचनामा श्रावणको २३ गतेसम्म आफ्नो क्याम्पसमा सम्पर्क गरी परीक्षा फारम भर्न विद्यार्थीलाई निर्देशन दिइएको छ ।