एकैपटक ५७ जनामा कोरोना देखियो

काठमाडौँ – नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च संख्यामा देखिएको हो । यसअघि हिजोमात्रै पनि २४ जना कोरोना संक्रमित थपिएका थिए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार ५७ जना संक्रमित नै पुरूष रहेका छन । जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा, ९ र पर्सा जिल्लामा ३९ जना रहेका छन ।

योसँगै संक्रमितको संख्या १९१ पुगेको छ ।