थप १ हजार ६७४ जनामा कोरोनाभाइरस सङ्क्रमण, ७ जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ९४५ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा २३२३ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ ।

कोरोनाबाट थप ७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज थप ७ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३०५ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर १ हजार ६७४ संक्रमित थपिएका छन । देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ९ पुगेको छ ।