यी हुन कोरोना संक्रमण मुक्त जिल्ला

काठमाडौँ – कोरोना भाइरसको संक्रमण पछिल्ला दिनमा घट्दै गएपनि विभिन्न ६ जिल्ला भने संक्रमणमुक्त भैसकेका छन् । मुलुकका ७७ जिल्लामध्ये ६ जिल्ला कोरोना संक्रमण मुक्त भएका हुन् ।

धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा मंगलबार थप ११६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मंगलबार साँझसम्म थप ११६ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो । संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १७ हजार ६१ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । कोरोना संक्रमणलाई पराजित गरी मंगलबार ३४ जना सफल उपचारपछि घर फर्किएका छन् । योसँग कोरोना उपचारपछि घर फर्कनेको संख्या १० हजार ३ सय २८ पुगेको छ ।