थप ४६८ जनामा संक्रमण, संक्रमित २६ हजार १९ पुगे

काठमाडौँ – नेपालमा आज थप ४६८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४६८ जनामा कोरोनाको संक्रमण देखिएको पुष्टि गरे ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २६ हजार १९ पुगेको छ । पछिल्लो २४ घन्टामा १२४ जना डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ । त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १०२ पुगेको छ ।